२०८२ बैशाख २६, शुक्रबार १०:४८

नेपाली बजारमा शुक्रबार (वैशाख २६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ८०० रुपैयाँ कायम छ । बिहीबार (वैशाख २५) छापावाल सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News