२०८२ बैशाख २६, शुक्रबार १३:२४

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसंग छिटै पार्टी एकता हुने बताउनुभएको छ ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यस्तताका कारण एकतामा केहि ढिलाई भएको भन्दै छिटै पार्टी एकता हुने बताउनुभएको हो । पार्टीको पूर्वनिर्धारित कार्यक्रमका कारण सीके राउत काठमाडौं बाहिर रहनुभएकाले उहाँ काठमाडौं फर्किएपछि दुई पार्टीबीच छलफल गरेर एकताको मिति तय गरिने उहाले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले रेशम चौधरीलाई पक्राउ गरेको बिषयमा गृहमन्त्रीले सदनमा दिनुभएको जवाफ सन्तोषजनक रहेको उल्लेख गर्नुभयो ।

सदनमा गृहमन्त्रीले नै जवाफ दिइसकेको अवस्थामा वर्तमान सरकारबाट बाहिरिने कुनै सम्भावना नरहेको उहाले बताउनुभयो । यसअघि नागरिक उन्मुक्तिले रेशम चौधरीलाई पक्राउ गरेको बिषयमा गृहमन्त्रीको जवाफ नआए सरकार छाड्ने चेतावनी दिएको थियो ।

Comment


Related News

Latest News

Trending News