२०८२ बैशाख २६, शुक्रबार १६:२६

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै आन्दोलनरत समिति शुक्रबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको हो । काठमाडौंको सुकेधाराबाट सुरु भएको र्याली महाराजगंञ्ज चोक, बालाजु, कलंकी हुदै बल्खु पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले संवैधानिक राजसंस्था सनातन हिन्दु अधिराज्य पुनस्र्थापना गर, कुशासन र भ्रष्टाचारको अन्त्य गर, आस्थाका बन्दी रिहा गर लगाएका नारा लगाएका थिए ।

कोणसभामा राप्रपाका नेपालका अध्यक्ष कमल थापाले आफुहरुको आन्दोलन देशको परिवर्तनका लागि भएकाले आफुहरुको आन्दोलनमा साथ दिन आह्वान गर्नुभयो । हरेक आन्दोलनमा काठमाडौंले निर्णायक भूमिका निर्वाह गरेको भन्दै अवको परिवर्तनको निर्णायक आन्दोलनमा पनि सहभागी हुन उहाले आग्रह गर्नुभयो ।

उहाले चैत्र १५ गते काठमाडौंमा भएको शान्तिपूर्ण आन्दोलनमा राज्यले हस्तक्षेप गरेर दुई जनाको ज्यान गएको आरोप समेत लगाउनुभयो । यसअघि समितिले जेठ १५ देखि राजसंस्था पुनःस्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरिसकेको छ ।

 

Comment


Related News

Latest News

Trending News