
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री एवम प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले नेपाल–भारतको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका छन् ।
शुक्रबार बसेको प्रदेश सुरक्षा समितिको बैठकमा उनले यस्तो निर्देशन दिदै छिमेकी मुलुक भारतको पहलगाममा भएको हमलापछि विकसित भारत– पाकिस्तान घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल– भारतको सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको जानकारी दिए ।
उनले भने, “दुई देशको तनावपछि नेपाली भूमिबाट आतंकवादी संगठनले आपराधिक गतिबिधि गर्न सक्छन् । त्यस्ता गतिविधि हुन नदिन समयमै सुरक्षा सतर्कता बढाउनुपर्छ ।” उनले मधेश प्रदेशका चारवटै सुरक्षा निकायलाई त्यस्ता गतिविधि हुन दिनका लागि सीमा क्षेत्रमा निगरानी बढाउन निर्देशन दिए ।
मन्त्री लेखीले सुरक्षा समितिको बैठकमा “हाम्रो भूमि कुनै पनि हालतमा आतंककारी गतिबिधिका लागि प्रयोग हुन दिनु हुँदैन, तसर्थ सबै सुरक्षा निकाय सतर्क रहनुपर्छ“ भने । बैठकमा सीमा सुरक्षा, लागुऔषध दुब्र्यसन, बिपद ब्यबस्थापनलगायतका विषयमा छलफल भएको गृह सञ्चार तथा कानुनमन्त्री लेखीले बताए ।
बैठकमा गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशका सचिव विमलप्रसाद बडाल र चारवटै सुरक्षा निकायका प्रमुख एवम पदाधिकारी र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।