२०८२ बैशाख २८, आईतवार ०८:०९

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाहरु अहिलेसम्म पनि आर्थिक समानताबाट वञ्चित रहने गरेको बताएका छन् ।

जनकपुरधाममा शनिबार समाजवादी महिला संघ, नेपालको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष यादवले ९० प्रतिशतभन्दा बढी महिला आर्थिक न्यायबाट बञ्चित रहने गरेको बताए । महिलाको नाममा सम्पति भए पनि आफ्नो हातमा केही पनि नहुने अवस्था रहेको बताए । सबैकुराको आधार शिक्षा रहेकाले महिलालाई शिक्षा दिए अरु सबै सेक्टरमा उनीहरु काम गर्न सक्ने उनले बताए ।

अध्यक्ष यादवले राजनीतिमा महिलाको सहभागीता बढेपछि प्रशासन, सेवा तर्फ महिलाको संख्या बढ्न नसकेको बताए । उनले तीनै तहलाई जोडदा करिब ४१ प्रतिशत महिला सहभागी रहेको तथा प्रतिनिधिसभामा ३३.५ प्रतिशत महिलाको सहभागीता रहेको बताए । राजनीतिक क्षेत्रमा महिलाको सहभागीता बढे पनि प्रशासनिक, कानुनी क्षेत्र, परराष्ट्र क्षेत्रमा महिलाको संख्या बढ्न नसकेको बताए ।

Comment


Related News

Latest News

Trending News