२०८२ बैशाख २८, आईतवार ०८:१६

रौतहटको कटहरिया नगरपालिका अन्तर्गत सम्पूर्ण सामुदायिक विद्यालयहरूमा दिवा खाजा र पाठ्यपुस्तकको रकम निकासा गर्नमा ढिलाइ भएको छ ।

यस आर्थिक वर्षको भदाँै महिनादेखिको दिवा खाजा वापतको रकम हालसम्म निकासा नभएको शिक्षकहरुले बताएका छन् । त्यस्तै देशको सम्पूर्ण सामुदायिक विद्यालयहरुमा पठनपाठन सुरु भईसकेको अवस्थामा कटहरिया नगरपालिकाले हालासम्म पनी पाठ्यपुस्तकको रकम निकासा गरेको छैन। नौ महिना देखिको दिवा खाजाको रकम निकासा नहुँदा यहाँका सम्पूर्ण बिद्यालयले विद्यार्थीलाई दिवा खाजा खुवाउन बन्द गरेको छ ।



शिक्षा प्रति विद्यार्थीको आकर्षण र नियमित पठनपाठन गराउने उद्देश्यले सरकारले दिवा खाजामा करोडौँ रुपैयाँ लगानी गर्दै आएको छ । तर कमिसनको चक्करमा समयमा दिवा खाजा वापतको रकम निकासा नगर्दा कार्यक्रम नै प्रभावित भएको शिक्षकहरुले बताएका छन् । पसले संग फलफूल, मासुलगायत खद्दान सामग्री उधारो लिएर आ–आफ्नो रिक्सामा जेनतेन नौ महिनासम्म विद्यार्थीलाई दिवा खाजा ख्वायौँ र भुक्तानी नहुँदा लुकेर हिँड्नु पर्ने अवस्था आएको छ । एकजना शिक्षकले नाम प्रकाशित नगर्ने सर्तमा बताएका छन् ।

विगतमा दिवा खाजाको नाममा नगरपालिकाले कमिसन लिएर तयारी खाजा दिँदै आएको थियो । तर मावि बगहीका प्रधानाध्यापक सरोज कुमार साहले तयारी खाजा बहिष्कार गरी विद्यालयबाट मासु, फलफूललगायत सामग्री विद्यार्थीलाई दिवा खाजामा दिन सुरु गरेपछि कटहरियाका सबै सामुदायिक विद्यालयमा सोही अनुसारको दिवाखाजा खुवाउन शुरु भएको थियो ।

विद्यालयले आफ्नै किसिमले दिवाखाजा दिन थालेपछि कमिसन बन्द हुँदा नगर शिक्षा समितिले दिवाखाजा र पाठ्यपुस्तकको रकम निकासामा चासो नलिएको शिक्षकहरुले गुनासो गरेका छन् । दिवाखाजा बन्द हुँदा र हालसम्म पाठ्यपुस्तक बितरण नहुँदा सम्पूर्ण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको भन्दै शिक्षकहरूले गुनासो गरेका छन् ।

नगर शिक्षा संयोजक सुरेन्द्र ठाकुरले कमिसनको आरोपको खण्डन गर्दै शिक्षकले विद्यार्थीको तथ्यांक पठाउन ढिलाइ गरेको कारण हालसम्म निकासा हुन नसकेको दाबी गरे । उनले दिवा खाजा र पाठ्यपुस्तक बापतको रकम एक दुई दिनमा सबै विद्यालयको खातामा जम्मा हुने प्रतिबद्धता जनाए ।

Comment


Related News

Latest News

Trending News