२०८२ बैशाख २८, आईतवार १२:१२

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

सुन तोलामा तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ बढेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको एक हजार नौ सय ६० रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News