२०८२ बैशाख २८, आईतवार १२:५४

निजामती विधेयक पारित गर्नका निम्ति सरकारले झण्डै एक साता लाग्ने जनाएको छ ।

संघीय संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले अझै ५–६ दिनको समय माग गरेका हुन् ।

“पाँच–छ दिनको समय पाऊँ, अर्को बैठकमा टुंग्याउने गरी,” उनले भने, “हामी पनि छलफल गर्छौं, साथीहरू पनि छलफल गर्नुस् ।”

‘कुलिङ पिरियड’ र सेवाको उमेरहदबारे सहमतिनजिक पुगिएको उनले बताए । “विधेयक पारित गर्दा सहमतिमा नै गर्ने गरेका छौँ,” उनले भने, “दुईवटा विषय (‘कुलिङ पिरियड’ र सेवाको उमेर हद)बारे नजिक नै देखिन्छ ।”

Comment


Related News

Latest News

Trending News