२०८२ बैशाख २८, आईतवार १७:३५

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित भएको छ । नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा दुई दिन छलफल भएको थियो ।

प्रतिनिधि सभाबाट पनि सभामुख देवराज घिमिरेले आजै ध्वनी मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका थिए ।

विपक्षी दलका सांसद्‌हरूले सरकारका नीति तथा कार्यक्रममाथि पेश गरेका अधिकांश संशोधन प्रस्ताव भने अस्वीकृत भएको थियो । उनीहरूले राखेको संशोधन प्रस्ताव पनि ध्वनी मतकै आधारमा अस्वीकृत भएको घोषणा सभामुखले गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसद्‌मा पेश गरिएको नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसद्‌हरूले उठाएको प्रश्नको जवाफ पनि आजै दिएका थिए ।

नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारले जेठ १५ गते सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्नेछ ।

Comment


Related News