२०८२ बैशाख २९, सोमबार ०८:११

रौतहटको कटहरिया नगरपालिका अन्तर्गत सम्पूर्ण सामुदायिक विद्यालयहरूमा दिवा खाजा र पाठ् यपुस्तकको रकम निकासा भएको छ। यस आर्थिक वर्षको भदाँै महिनादेखिको दिवा खाजा वापतको रकम र यस शैक्षिक सत्रको लागि वितरण गरिने पाठ्यपुस्तकको रकम हालसम्म निकासा नहुँदा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटनाथालेको समाचार प्रकाशन भएपछि नगरपालिकाले आइतबार रकम निकासा गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेराका अनुसार दिवा खाजा र पाठ् यपुस्तक बापत कुल १करोड २५ लाख १७ हजार ४२० रुपैयाँ सम्पूर्ण विद्यालयको खातामा पठाइएको छ । कटहरिया नगरपालिकामा रहेको २४ विद्यालयमा दिवा खाजा खाने शिशु कक्षा देखि कक्षा पाँचसम्मका कुल ६ हजार ३४९ विद्यार्थी रहेको अधिकृत लहेराले जानकारी दिए । त्यसैगरी पाठ्यपुस्तक बापत ७५ प्रतिशत सरकारले पहिले दिनेगरेको छ ।



पछि विद्यालयले बिल भर्पाइ पठाएपछि थप २५ प्रतिशत रकम दिनेगरेको बताइएको छ । देशको सम्पूर्ण सामुदायिक विद्यालयहरुमा पठनपाठन शुरु भइसकेको अवस्थामा कटहरिया नगरपालिकाले आज पाठ्यपुस्तकको रकम निकासा गरेको छ। नौ महिना देखिको दिवा खाजाको रकम निकासा नहुँदा यहाँका सम्पूर्ण बिद्यालयले विद्यार्थीलाई दिवा खाजा ख्वाउन बन्द गरेको थियो ।

शिक्षा प्रति विद्यार्थीको आकर्षण र नियमित पठनपाठन गराउने उद्देश्यले सरकारले दिवा खाजामा करोडौँ रुपैयाँ लगानी गर्दै आएको छ। तर समयमा दिवा खाजा बापतको रकम निकासा नगर्दा कार्यक्रम नै प्रभावित भएको शिक्षकहरुले बताउँदै आएका छन् । पसले संग फलफूल, मासु , लगायत खद्दान सामग्री उधारो लिएर आ– आफ्नो रिक्सामा जेनतेन नौ महिनासम्म विद्यार्थीलाई दिवा खाजा ख्वायौँ र भुक्तानी नहुँदा लुकेर हिँड्नु पर्ने अवस्था आएको थियो ।

तर रकम निकासा भएपछि सहज भएको एकजना शिक्षकले बताएका छन् । दिवा खाजा बन्द हुँदा र हालसम्म पाठ् यपुस्तक वितरण नहुँदा सम्पूर्ण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको शिक्षकहरूको गुनासो गरेका थिए । नगर शिक्षा संयोजक सुरेन्द्र ठाकुरले कमिसनको आरोपको खण्डन गरेका छन् । यसका साथै समयमा तथ्यांक नपठाएको कारण ढिलो भएको उनले प्रतिक्रिया दिए ।

Comment


Related News

Latest News

Trending News