२०८२ बैशाख २९, सोमबार ०८:२५

काठमाडौंबाट दिल्ली उडेको इन्डियन एयरलाइन्सको ‘आइसी ८१४’ जहाज अपहरणका मुख्य योजनाकार रउफ अजहर पनि पछिल्लो सैन्य कारबाहीमा मारिएको भारतले दाबी गरेको छ।

पहलगामको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरूद्ध चलाएको ‘अपरेसन सिन्दुर’ मा मारिएका आतंकवादीमध्ये रउफ अजहर पनि एक भएको भारतीय पत्रकार बर्खा दत्तले आफ्नो च्यानलमा बताएकी छन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले सर्वदलीय बैठकमा दिएको सूचना उद्धत गर्दै वरिष्ठ पत्रकार बर्खा दत्तले उक्त कुरा बताएकी हुन्।

रक्षामन्त्री सिंहले बैठकमा भनेअनुसार अपरेसन सिन्दुरमा करिब सय जना आतंकवादी मारिएका र तीमध्ये दस जना अतिवादी संगठन ‘जैश–ए–मोहम्मद’ का प्रमुख मसूद अजहरका निकट नातेदार छन्। रउफ अजहर तिनैमध्ये पर्छन्।

जैश–ए–मोहम्मदको सञ्चालन प्रमुखसमेत रहेका उनी मसूद अजहरका भाइ हुन्।

आजभन्दा २५ वर्षअघि सन् १९९९ डिसेम्बर २४ (२०५६ पुस ९ गते) मा काठमाडौंबाट दिल्ली उडेको आइसी–८१४ जहाज आतंकवादीहरूले अपहरण गरेका थिए। जहाजमा चालक दलसहित १८८ जना यात्रु थिए। एक जना यात्रुको आतंकवादीहरूले हत्या नै गरे। त्यसमा आठ जना नेपाली यात्रु पनि थिए।

Comment


Related News

Latest News

Trending News