२०८२ बैशाख २९, सोमबार १२:०२

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सिके राउत जिल्ला बाहिर भएकाले पार्टी एकता प्रक्रियामा विलम्ब भएको बताएकी छन्। अध्यक्ष श्रेष्ठले छिट्टै एकता निष्कर्षमा पुर्‍याउने बताएकी छन्।

‘पछिल्लो समय जनमत पार्टी र हाम्रो नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने भनिएर एकता घोषणा कार्यक्रमको आयोजना गरिएको थियो । त्यो दिन एकता बिथोलियो। जनमत पार्टीका अध्यक्ष पार्टीको कामले अहिले जिल्ला बाहिर हुनुहुन्छ। उहाँ काठमाडौं आएलगत्तै एकता प्रक्रिया आगाडि बढाउने कुरा भएको छ,’ उनले भनिन्।

गत वैशाख १७ गते राउत नेतृत्वको जनमत र श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने तयारी भएको थियो। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा पार्टी एकता घोषणाको औपचारिक कार्यक्रम सुरू हुनुपूर्व नै नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेका थिए।

उनी त्यही दिन रिहा भए पनि एकता प्रक्रिया भने अघि बढेको छैन। रासस

Comment


Related News

Latest News

Trending News