२०८२ बैशाख २९, सोमबार १३:१३

पर्सामा सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

बारा प्रसौनी गाउँपालिका-६ भई वीरगन्ज महानगरपालिका-१३ का ५० वर्षीय दिनानाथ साह पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले आइतबार (वैशाख २८) पक्राउ गरेको हो।

शनिबार राति पौने २ बजे शाह र अर्का ४० वर्षीय पुरूषले मिलेर १३ वर्षीया बालिकामाथि बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको एसपी गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार अर्का व्यक्तिको खोजिकार्य भइरहेको छ।

उनीहरूविरूद्ध करणीसम्बन्धि कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए।

Comment

Related News

Latest News

Trending News