२०८२ बैशाख ३०, मंगलवार ०७:१५

वैवाहिक भोज खाँदा धनुषाधाममा एक सयभन्दा बढी बिरामी भएका छन् । धनुषाको मिथिला विहारी नगरपालिका–८ स्थित ठेरा कचुरीका नरेश महराको छोरीको विवाहमा खाजा खाँदा जन्तीसहित सय जना भन्दा बढी बिरामी भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेको थियो । स्वयम्बर सकिए लगतै खाजामा बुनियाँ, रसभरीलगायतका मिठाइ खुवाइएको थियो । खाजा खाएलगतै पेट दुख्ने, वान्ता हुने, कमजोर हुने क्रम चलेको घटनास्थलमा परिवारजन र बिरामीसँगको सोधखोजपछि सो कुरा जानकारीमा आएको छ । ४५ जनाभन्दा बढी प्रादेशिक अस्पताल जनकपुरमा उपचार भएको प्रमुख यादवले बताए ।

प्रमुख यादवले भने, ‘ खाजामै प्वाइजन भएर बिरामी परेको थियो । घटनास्थल पुगेर हामीले खाजाको स्याम्पल ल्याएका छौं । ल्याबमा परीक्षण गरेर के कारणले भएको हो भन्ने कारण पुष्टि हुन्छ ।’

Comment


Related News

Latest News

Trending News