२०८२ बैशाख ३१, बुधबार ०८:०८

भारतले नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासमा कार्यरत एक पाकिस्तानी अधिकारीलाई पर्सोना नन ग्राटा घोषणा गर्दै २४ घण्टाभित्र देश छाड्न आदेश दिएको छ ।

उक्त अधिकारीले आफ्नो कूटनीतिक हैसियत अनुरूप नहुने गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ । यस सम्बन्धमा भारतले पाकिस्तान दूतावासका चार्ज डी अफेयरस लाई कडा विरोध पत्र (डिमार्श) बुझाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

अधिकारीको नाम भने सार्वजनिक गरिएको छैन। भारतले विगतमा पनि यस्ता घटनामा संलग्न देखिएका विदेशी अधिकारीहरूलाई देश निकाला गर्ने निर्णय गर्दै आएको छ। यस पछिल्लो घटनाले भारत–पाकिस्तान कूटनीतिक सम्बन्धमा थप चिसोपन आउन सक्ने विश्लेषकहरू बताउँछन्।

Comment

Related News

Latest News

Trending News