२०८२ बैशाख ३१, बुधबार १२:२७

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रतिनिधि सभामा प्रस्तुत भएको छ।

बुधवार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गरेका हुन्। त्यसअघि सांसद प्रेम सुवालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिएका थिए।

सांसद सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले हाउजिङ कति जग्गामा सञ्चालन गर्न पाउँछ भन्नेकुरा विद्यमान कानूनले स्पष्ट गरेको बताए। हाउजिङलाई जग्गा किन्न दिने अनुमति सरकारले दिएको र उनीहरूले नम्बरी जग्गा किन्न पाउने बताए। साथै बनाउन दिने अधिकार पनि दिएको बताए। किन्न, बनाउन र बेच्न दिने अधिकार अघिल्लो कानूनमा रहेको र पछि सूचित आदेश बनाउँदा छुटेकाले अहिले जोडेको बताए।

उक्त विधेयकमाथि छलफल जारी रहेको छ ।

Comment

Related News

Latest News

Trending News