२०८२ जेष्ठ १, बिहीबार ११:४१

अत्यधिक गर्मीका कारण वीरगन्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ।

वीरगन्ज महानगरको निर्णयअनुसार आज (बिहीबार)देखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो। अर्को सूचना जारी नभएसम्म बिहान ६ बजेदेखि अध्यापन हुनेछ।



महानगरपालिकाका अनुसार वीरगन्ज नगर क्षेत्रमा ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन्।

यहाँ सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालयमा विद्यार्थी अध्ययनरत छन्।

Comment


Related News

Latest News

Trending News