
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले राजनीतिक दलको कार्यकर्तालाई गभर्नर बनाउन खोजेको आरोप लगाउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद सिंहले दलीय भागबण्डामा गभर्नर बनाउनका लागि चलखेल भइरहेको र त्यसैका कारण नियुक्तिमा ढिलाई भइरहेको आरोप लगाउनुभएको हो ।
उहाले गभर्नर नियुक्तिको चलखेललाई हेर्दा लाज पनि लजाएको टिप्पणी गर्नुभयो । उहाले राजनीतिक दलको सदस्य गभर्नर नहुने नभएकाले त्यहाँभित्रकै कोही विज्ञलाई गभर्नर बनाउन सुझाव दिनुभयो । हरेक क्षेत्रमा राजनीतिक भागबण्डका आधारमा हुने नियुक्तीलाई लगाम लगाउनुपर्ने उहाले बताउनुभयो ।
उहाले कार्यकर्तालाई नियुक्ति दिने परम्परा बनाएर राज्यका अंगहरु औचित्यहिन भएर जाने उल्लेख गर्नुभयो । कायममुकायम गभर्नर निलम ढुङ्गानालाई गभर्नर नियुक्ति गर्न सरकारलाई उहाले सुझाव दिनुभयो ।