२०८२ जेष्ठ १, बिहीबार १८:३४

संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंमा बृहत कार्यक्रम गर्ने निर्णय गरेको छ। बिहीबार लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले सचिवालय गठन गर्ने निर्णय समेत गरेको छ। उक्त सचिवालयले आगामी दिनमा काठमाडौंमा आयोजना हुने कार्यक्रमको मोडल र समय निर्धारण गर्नेछ।

मोर्चालाई अझ बृहत बनाउँदै लैजाने निर्णयसमेत बैठकले गरेको छ। यसका लागि विभिन्न पहिचानवादी संगठन तथा पार्टीहरूलाई मोर्चामा समावेश गराउने सहमति भएको राष्ट्रिय मुक्ति पार्टीका नेता रामनरेश राई यादवले जानकारी दिए।

उनका अनुसार मोर्चा लोकतान्त्रिक अधिकार, समानता र सामाजिक न्यायको पक्षमा सशक्त आवाज उठाउने साझा मञ्चको रूपमा अघि बढ्नेछ।

लोसपा नेपालका उपाध्यक्ष सर्वन्द्रनाथ सुक्लाले संसदमा प्रस्तुत भूमि सम्बन्धि अध्यादेशको बारेमा मोर्चाले साझा अवधारणा बनाउने निर्णय भएको बताए । त्यस्तै संविधान संशोधनको विषयमा मोर्चाको सचिवालय एक अवधारणा तयार गर्ने त्यो अनुसार अगाडि बढ्ने निर्णय भएको उनले बताए ।

Comment

Related News

Latest News

Trending News