
जलेश्वर नगरपालिकाले सिसिक्यामेरा खरिद र जडानकार्यमा आर्थिक अनियमितता गरिएको उजुरीपछि शुरू भएको भ्रष्टाचार अनुसन्धान एकाएक रोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जलेश्वर नगरपालिकालाई सिसिक्यामेर ासँग सम्बन्धित सम्पूर्ण कागजात नियन्त्रणमा लिई छानविन गर्नथालेपछि नगरपालिकाले भारतबाट तस्करी गरि ल्याई जडान गरेका कमसल क्यामेरा हटाई नयाँ क्यामेरा जडान गरेपछि भ्रष्टाचार अनुसन्धान एकाएक रोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको कार्यालयले स्पष्ट रायसहित टंगालस्थित मुख्यालयमा मुद्दा दर्ताको सिफारिस पठाएको थियो। तर मुद्दा दर्ता हुने समयमा आरोपितले कमसल र गुणस्तरहीन सिसिक्यामेरा हटाएर नयाँ क्यामेरा जडान गरेपछि प्रक्रिया स्थगित गरिएको छ।
जलेश्वर नगरपालिकाले सिसिक्यामेरा जडान गर्नको आर्थिक वर्ष ०८१/८२ मा विनियोजित नगरस्तरीय योजनाअनुसार २० लाख बजेटलाई टेन्डर नलगाई जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले आफन्त शुभम साह प्रोपाईटर रहेका निर्मला कन्टक्सनबाट जडान गरेका थिए ।
लेखाप्रमुख लक्ष्मेश्वर राय प्रमुख प्रशासकीय अधिकृत जयकुमार साह योजनाको अनुगमन कार्यमा संलग्न नगरप्रमुख शुरेश साह सोनार योजना प्रमुख धिरेन्द्र झा इन्जिनियर दुग्रेश कुमार चौरसिया तथा निर्मला कन्टक्सनका प्रोपराइटर शुभम साहलाई भ्रष्टाचार अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको थियो। तर वैशाखको तेस्रो साता उनीहरुले कमसल र गुणस्तरहीन सिसिक्यामेरा हटाएर नयाँ क्यामेरा जडान गरेपछि मुद्दा नयाँ मोडमा गयो।
यसपछि अख्तियार बर्दिबास कार्यालयले मिसिलसहित मुद्दा स्थगनको सिफारिस टंगाल पठायो। यसबीच मुद्दा मिलाउन रकमको लेनदेनसमेत भएको भन्दै गम्भीर आशंका उठेका छन । यस विषयमा बर्दिबास कार्यालयका सूचना अधिकारी तुलसीराम पौडेल भन्छन अख्तियारको सबै निर्णय केन्द्रबाटै हुन्छ। हामीले राय सुझावसहित मिसिल टंगालमा पठाउने हो। उतैबाट बुझ्नुस । हामीलाई थाहा भएन। छानविनको विषय हामीले भन्न मिल्दैन उनले भने ।
जलेश्वर नगरपालिकाका प्रमुखसुरेश साह सोनारले शुरूमा अनभिज्ञता जनाए पछि भने यस विषयमा फोनमा कुरा गर्न मिल्दैन ? भेटेरै कुरा गरौं। यो घटनाले अख्तियारको भूमिका र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। जलेश्वर नगरपालिका १० का डाक्टर सज्जन ठाकुर भन्छन अख्तियारले जित हुनेमा शंका भएका मुद्दाहरू कमसल सिसि क्यामेरा नगरपालिकाबाट हटाएर नयाँ क्यामेरा परिवर्तन गराएर मुलतबीमा पठाउने निर्णय गर्दा भ्रष्टाचारले झन प्रश्रय पाएको छ।
जलेश्वर नगरपालिका २ का अशोक कुमार साहले स्थानीय तहमा बेथितिले सीमा पार गरेको छ। अख्तियारमा पनि बेथिति देखियो। यो मुद्दा सेटिङमै मुलतबी पारिएको हुनुपर्छ । जलेश्वर नगरपालिकाले खैरा चौक,महेन्द्र चौक बुदिजीवी चौक अस्पताल चौक महादेव मन्दिरर नगरपालिका चौक लगायत क्षेत्रमा १९ वटा सीसीटीभी क्यामरा जडान गरेको थियो । ती क्यामरा उच्च प्रविधिको नभएको र सस्तो पनि भएकाले प्रभावकारी नभएको पाईएको छ ।
निर्मला कन्टक्सनले भारतबाट न्युन मूल्यमा खरिद गरी तस्करी गरि ल्याई नेपाली विलबनाई सीसीटीभी मोनिटर, ब्याकअप लगायतका सीसीटीभीसँग लाग्ने सामग्रीसमेत जडान गरेको थियो । सीसीटीभी खरिद भई अनियमितता भएको स्थानीयस्तरमा चर्को आवाज उठेको थियो । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन अगाडि बढाउँदै सम्बन्धित फाइल र कागजात लिएको थियो ।
अख्तियारको बर्दिवासकले नगरपालिकालाई पत्राचार गर्दे सीसीटीभी जडान योजनाको कार्यमा संलग्न कर्मचारीसहितका व्यक्तिगत विवरण मागेको थियो ।योजनाको नापी किताब तथा निर्मला कन्टक्सनको बिल बनाउने कार्यमा संलग्न प्राविधिक, भुक्तानी कार्यमा संलग्न लेखाप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, योजनाको अनुगमन कार्यमा संलग्न नगरप्रमुख, योजना प्रमुख र इन्जिनियर तथा निर्मला कन्टक्सनका प्रोपराइटरको सम्पर्क नम्बर, ठेगाना, हालको पद र कार्यालय समेतको विवरण मागेको थियो ।
नगरपालिकाका नगरप्रमुख प्रशासकीय अधिकुत योजनाप्रमुख इन्जिनियरले योजनाको अनुगमन गर्दै २० लाख रुपैयाँ बराबरको काम मूल्यांकन गरी प्रतिवेदन दिएको थियो । तीनैजनाले स्वीकृत कार्यक्रम र लागत अनुमानअनुसार काम भएको र समग्र कामको गुणस्तर ठिक रहेको प्रतिवेदनमा उल्लेख गरेका थिए । अनुगमन प्रतिवेदनमा उनीहरुले काममा कुनै सुधार वा कैफियत नरहेको समेत बताएका छन ।सोही आधारमा इन्जिनियरसहितको प्राविधिक टोलीले बिलबमोजिम भुक्तानी दिनुपर्ने प्रतिवेदन दिएका थिए ।अख्तियारबाट छानविन हनथालेपछि जलेश्वर नगरपालिकामा खैलाबैला मच्चिएको छ ।