
घरेलु तथा साना उद्योग कार्यालय महोतरीमा घरेलु तथा साना उद्योग कार्यालय महोतरीमा सिपमूलक र लघुउधमशिलता लगायतका तालिमहरूमा लाखौँ रकम अनियमितता भएको रहस्य खुलासा भएको छ ।
कार्यालयका प्रमुख विनोदकान्त झा र लेखापाल दिपुकुमार सिंह करारका कर्मचारी ज्ञानेन्द्र ठाकुर र पवन झाले मिलेर सरकारी बजेटमा आधारित तालिम कार्यक्रमहरूमा वास्तविक लाभग्राहीको सट्टा काल्पनिक व्यक्तिहरु खडा गरेर लाखौ रकम हिनामिना गरेका छन् । घरेलु कार्यालयले विभिन्न दलित वर्गका लागि भगत सर्वजित कार्यक्रमअन्र्तगत १० प्रकारका तालिकाका १ सय ५५ प्रशिक्षार्थीका लागि १५ लाख रुपैयाँ उधमी सृजन तथा सीपमुलक तालिम १२ प्रकारका तालिकाका २ सय १० प्रशिक्षार्थीका लागि ३० लाख रुपैयाँ उद्यमशीलता सम्बन्धी तालिममा १२ लाख रुपैयाँ र तालिम लिइएका प्रशिक्षार्थीहरुलाई एड्भान्स तालिमका ४ प्रकारका तालिमका १ सय जना प्रशिक्षर्थीका लागि १२ लाख रुपैयाँ गरी कुल २६ प्रकारका तालिममा ४ सय ६५ जना प्रशिक्षथार्थीका लागि यस आर्थिक बर्षमा ६९ लाख रुपैयाँ खर्चेको छ । तालिमको नाममा भएको अनियमितताबारे कर्मचारी नेतृत्व भने बनाबटी जवाफ दिने गरेका छन् ।
कार्यालयले सञ्चालन गरेको तालिममा सामग्री खर्च, खाजा, खाना, उपकरणहरुको मmुठो बिल भर्पाइ बनाएर कार्यालयले खर्च गरिसके पनि काम कागजमै सीमित रहेको छ । तालिम लिनेहरुलाई खाली कागजमा हस्ताक्षर गराइएको पाइएको छ । गल्ती गर्नेलाई कारबाही र आफू पनि दोषी हुने भएमा कानुन अनुसार सजाय भोग्न तयारी रहेको घरेलु तथा साना उद्योग कार्यालय महोतरीका प्रमुख विनोद कान्त झाले बताए । तर राजनितिकर्मी श्याम यादवले भने फर्जी बिल भर्पाई बनाइ कागजमै तालिम सम्पन्न देखाएर रकम अनियमितता गर्ने गरेकाले कारबाही माग गरेका छन् ।
तालिमहरूमा वास्तविक सहभागी कम भए पनि कागजातमा बढी देखाइएको हो । केही ठाउँमा तालिम नचलेको र चलेको ठाउँमा समेत सीमित मात्रामा सञ्चालन भएको अवस्थामा समेत झुठा बिल देखाएर रकम फछ्र्योट गर्ने गरेको छ । तालिममा सहभागी नहुने व्यक्तिहरूको नाम लाभग्राही सूचीमा राखी, उनीहरूको नाममा भत्ता, खाजा खर्च र प्रशिक्षण सामग्रीको रकम बिल भरपाई गरिएको छ । बेरोजगारी हटाउन र उद्यमशीलता श्रृजना गर्न सीप मुलक तालिमहरु प्रभावकारी हुनुपर्ने हो । तर कागजी प्रकृया मिलाउने र झारा टार्ने शैलीका यस्ता तालिमकै कारण आयोजक पक्ष मोटाउने अनि लक्षित समूहले लाभ लिन नसक्ने प्रवृति बढ् दो छ ।