२०८२ जेष्ठ २, शुक्रबार १२:०३

आज (शुक्रबार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोला तीन हजार रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ८४ हजार आठ सय रूपैयाँ तोकिएको छ।

बिहीबार सुनको मूल्य तोलामा तीन हजार पाँच सय रूपैयाँले घटेर प्रति तोला एक लाख ८१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। बुधबार सुन तोलाको एक लाख ८५ हजार तीन सय रूपैयाँ थियो।

आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेर प्रति तोला एक हजार ९४५ रूपैयाँ पुगेको हो। बिहीबार चाँदी प्रति तोला ३५ रूपैयाँले घटेर एक हजार नौ सय २५ रूपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य बढेर प्रतिऔंस ३२१९.१४ डलर कायम भएको छ।

Comment


Related News

Latest News

Trending News