२०८२ जेष्ठ २, शुक्रबार १७:४२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापाका सर्भेक्षक सुवासचन्द्र यादवका सन्दर्भमा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु एक लाख २५ हजार बराबरको घुस लिँदै गरेका अवस्थामा आयोगको टोलीले यादवलाई पक्राउ गरेको थियो।

सो मुद्दामा विशेष अदालतले २०८१ वैशाख २१ गते फैसला गरेको थियो। उक्त फैसला कानुन सम्मत नभएको दाबी गर्दै आयोगले आज सर्वोच्चमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

Comment

Related News

Latest News

Trending News