२०८२ जेष्ठ ३, शनिबार १७:४४

कर्ण कायस्थ महिला समाजले मधेस प्रदेशका अति विपन्न तथा अशक्त ६ जना महिलालाई सिलाई मेसिन प्रदान गरेको छ । जीवनस्तर उकास्न र आर्थिक आत्मनिर्भरता बढाउन लक्षित यो सहयोग ‘सपना फाउन्डेसन’को आर्थिक सहयोगमा गरिएको हो ।

संस्थाकी अध्यक्ष नुतन कर्णको अध्यक्षता र केन्द्रीय अध्यक्ष पुनम दासको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मनटुटिया देवी, रानी पण्डित, अमृता कर्ण, रञ्जना कर्ण, रुबी कर्ण र ललिता देवीलाई सिलाई मेसिन प्रदान गरियो ।

वक्ताहरूले महिलाको सीप अभिवृद्धि र आर्थिक सशक्तिकरणलाई दीगो विकासको आधार भएको उल्लेख गरे। कर्ण कायस्थ महिला समाजले केवल कायस्थ महिलाका लागि मात्र नभई, आदिवासी, सिमान्तकृत तथा पछाडि पारिएका समुदायका महिलाहरूको हकहितमा पनि निरन्तर काम गर्दै आएको जनाएको छ ।

साथै, संस्था विगत केही वर्षदेखि विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्तिमा समेत सहयोग गर्दै आएको छ। आगामी दिनहरूमा पनि यस्ता सामाजिक रूपान्तरणमूलक कार्यक्रमलाई निरन्तरता दिने संस्थाले प्रतिबद्धता व्यक्त गरेको छ ।

Comment

Related News

Latest News

Trending News