२०८२ जेष्ठ ४, आईतवार १४:२३

जलवायु सङ्कट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ ।

आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी भएको जानकारी गराउदै सगरमाथा संवाद समापन गर्नुभएको हो ।

सो क्रममा मन्त्री राणाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताउनुभयो । संवादका निष्कर्षको कार्यान्वयन गर्दै उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवश्यक रहेको उहाले बताउनुभयो ।

त्यस्तै उहाले संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तरराष्ट्रिय मञ्चमा उठान गरिने उल्ल्ेख गर्नुभयो । मन्त्री राणाले जलवायु परिवर्तनका असर न्यूनिकरण गर्ने साझा प्रतिवद्धताका लागि सगरमाथा सम्वाद ऐतिहासिक फोरम हुन पुगेको बताउनुभयो ।

उहाले सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा हुने जानकारी दिनुभयो । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलो पटक सगरमाथा सम्वाद आयोजना गरेको हो । सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी भएका थिए ।

Comment


Related News