२०८२ जेष्ठ ५, सोमबार ०७:०९

जनमत पार्टीका पूर्व कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले आइतबार पूर्व कोषाध्यक्ष यादवलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका छन् । उनीविरुद्ध शुक्रबार जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको थियो। ललितपुरको महालक्ष्मी नगरपालिका– ४ को कित्ता नम्बर ९४३ मा खरिद गरेको घर पार्टीलाई फिर्ता नदिएको भन्दै जनमत पार्टीले जाहेरी दिएको थियो ।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवको जाहेरीपछि ललितपुर प्रहरीले उनलाई सप्तरीबाट पक्राउ गरी ल्याएर अनुसन्धान गरेको थियो । सुरेन्द्रले पार्टीले अध्यक्ष सिके राउतको लागि खरिद गरेको घर पत्नी ललिताकुमारी यादवको नाममा पा स गरेको र पछि नामसारी गरिदिन नमानेको अभियोग लगाइएको छ । पूर्व कोषाध्यक्ष यादवले आफूमाथि लगाएको आरोप झुटो भएको दाबी गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News