
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आफुहरुको आन्दोलन हिंसात्मक नहुने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताउनुभएको हो । सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उहाले बताउनुभयो । उहाले मानवअधिकार आयोगका साथै अन्य अन्तराष्ट्रिय संघसंस्थाहरुलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिनुभयो । अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरु स्थापीत गरिने उल्लेख गर्नुभयो । यसपटकको आफुहरुको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने उहाले दावी गर्नुभयो । त्यस्तै केहि दिन अघि प्रधानमन्त्री केपी ओलीले संसदमा संम्बोधनका क्रममा हामी त बुढो भयौं, तपाईं चाहिँ भाग्न मिल्छ भन्ने अभिव्यक्तिको जवाफ दिदै लिङ्देनले सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरुलाई हेलिकप्टर सुविधा दिने टिप्पणी गर्नुभयो ।
त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको घर–घरमा गएर आफुहरुको आन्दोलनका बारेमा जनतालाई जानकारी गराउने बताउनुभयो । अवको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताहरुले खाने उहाले बताउनुभयो । उहाले अवको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढूक्क भएर प्रदर्शनमा सहभागी हुन आग्रह गर्नुभयो ।
अध्यक्ष थापाले जनताको उपस्थीतिबाटै भ्रष्ट शासकहरुलाई पराजित गर्ने र आफ्ना एजेण्डा स्थापीत गराएरै छाड्ने बताउनुभयो ।