२०८२ जेष्ठ ७, मंगलवार १६:२८

प्रा.डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने भएका छन् ।

अर्थविद्समेत रहेका पौडेललाई गभर्नर बनाउन कांग्रेस–एमाले सहमत भएका छन् ।

आज भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच पौडेललाई नै गभर्नर बनाउने सहमति भएको हो । पौडेल कांग्रेस निकट हुन् ।

पौडेललाई गभर्नरमा सिफारिस गर्न अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समिति बैठक आह्वान गरेका छन् ।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ । डेपुटी गभर्नर निलम ढुङ्गानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News