२०८२ जेष्ठ ७, मंगलवार १७:३४

संघीय लोकतान्त्रिक मोर्चाको बैठक आह्वान गरिएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतको अध्यक्षतामा बस्नेगरी बुधबारका लागि बैठक आह्वान भएको हो ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले दिउँसो १ बजे जनमत पार्टीकै केन्द्रीय कार्यालय मध्यबानेश्वरमा बैठक बस्ने तय भएको जानकारी दिए । बैठकमा समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको अगामी कार्यदिशा सम्बन्धमा छलफल हुने उनको भनाइ छ ।

मोर्चामा ७ दल आबद्ध रहेका छन् ।

Comment


Related News

Latest News

Trending News