
जनकपुर टुडे राष्ट्रिय दैनिकले २६ वर्ष पूर्व प्रारम्भ गरेको यात्रा आजबाट २७ औँ वर्षमा प्रवेश गरेको छ ।
जनकपुरधामले यस अवधिमा ठूलो फड्को मारेको छ । सानो आकारको (ट्याब्लेड साइज ) बाट प्रारम्भ भएको जनकपुर टुडे ब्रोडसिट सम्मको यात्रामा पुगेको छ ।
कोरोना १९ को महामारीमा समेत सूचनाको प्रवाहलाई निरन्तर जारी राखेको सर्वविदित नै छ । सूचनाको हकलाई प्रत्याभूति गराउन जनकपुर टुडे परिवार निरन्तर लागेको छ । आगामी दिनमा आफ्नो दायित्वलाई अझ सशक्त ढंगले पूरा गर्ने प्रण हामी फेरि पनि गर्छौ । संघीयताको मर्म अनुरुप हामी अगाडि बढ्ने छाँै ।
मधेश प्रदेशबाट प्रकाशित भइरहेको जनकपुर टुडेले राष्ट्रिय स्तरमा आफ् नो पहिचान स्थापित गरेको छ । जनकपुर टुडेले मधेश प्रदेशमा व्यवसायिक पत्रिकाको जग बसालेको छ । एकैजनाले पत्रिका छापेर बिक्री सम्मको काम गर्ने परम्परालाई निरुत्साहित गर्दै जनकपुर टुडेले व्यवसायिक पत्रिकारिताको शुभारम्भ गरेपछि आज कयौँ पत्रिकाहरु संस्थागत रुपमा प्रकाशन भइरहेको छ । तर मधेश प्रदेश सरकारले यस प्रदेशका सञ्चार माध्यमहरुको संरक्षण र प्रवद्र्धनको लागि ठोस काम गर्न सकेको छैन ।
मधेश प्रदेशको विज्ञापन संघीय राजधानी काठमाण्डुबाट प्रकाशित हुने पत्रपत्रिकाहरुलाई नियमित रुपमा उपलब्ध गराइरहेको छ । संघीयताको मर्मलाई प्रदेश सरकारले अघात पु¥याएको छ । संघीयताको अभ्यास नेताहरुले मात्र गरिरहेका छन् । उनीहरु जनप्रतिनिधि हुने बेलासम्म संघीयताको विषयमा जोड दिने तर चुनिएपछि सबैलाई समेट्ने गफ दिने प्रवृत्तिले यहाँका सञ्चार माध्यमहरु मारमा परेका छन् ।
सरकारले सञ्चार माध्यमहरुलाई संस्थागत रुपमा सुदृढ गर्न ठोस नीति बनाउन आवश्यक छ । मधेश प्रदेशको सञ्चार माध्यमहरुले हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका छन् । तर अहिले मधेशका सञ्चार माध्यमहरु सरकारी उपेक्षामा परेका छन् । संघीय सरकार र विगतको मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्रदेशमा उत्पादन हुने विज्ञापनहरु प्रदेशकै सञ्चारमाध्यमहरुलाई उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरेका थिए । तर वर्तमान सरकारले नीति तथा कार्यक्रममा राखेको विषयहरुको कार्यान्वयनमा समेत प्रतिवद्ध देखिएको छैन ।
मधेश प्रदेश सरकारले सञ्चार माध्यमहरुलाई समृद्ध बनाउन नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यक्रमहरु ल्याउन आवश्यक छ । जनकपुर टुडेले खबरदारी गरिरहने छ । सरकारले संघीयताको मर्म अनुरुप कार्य गर्न आवश्यक छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न जनकपुर टुडेले आफ् नो जिम्मेवारी निर्वाह गर्ने छन् ।
२७औं वर्ष प्रवेशको पावन अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक, सञ्चारकर्मी, प्राविधिक, कर्मचारी लगायतमा हार्दिक बधाई एवं आभार प्रकट गर्दछ । आगामी दिनमा पनि हामी सहयोग र सद्भावको अपेक्षा गरेका छाँै । प्रकाशकीय