२०८२ जेष्ठ ७, बुधबार १४:०४

जिल्ला प्रहरी परिसर भद्रकालीको गेटबाटै एक जना थुनुवा फरार भएका छन्। बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी परिसर लगिएका थुनुवा फरार भएका हुन्।

सात दिनअघि पक्राउ परेका दोलखाका २४ वर्षीय निशान परियार फरार भएका हुन्। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको थियो।

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनीमाथि जिल्ला अदालतले अनुसन्धान गर्न पाँच दिन अनुमति दिएको थियो।

Comment

Related News

Latest News

Trending News