२०८२ जेष्ठ ८, बुधबार १४:१६

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत प्राधिकरणले जारी गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका छन् ।

बुधवारको पूर्वाधार समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले हालको विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा पूर्वएमडी गएपछि नयाँ एमडी आएपछि नभएको बताए । उनले पूर्वएमडी कुलमान घिसिङ एमडी हुँदैका बेलामा बोर्ड निर्णय गरेर प्रश्तावलाई अडिट गर्नुपर्छ भनेको बताए ।

उक्त समयमै महालेखा परीक्षकले प्राधिकरणको घाटा देखाइरहेको तर तत्कालीन कार्यकारी निर्देशक घिसिङले भने नाफा देखाएको उल्लेख गरे ।

उनले २६ वटा आयोजना ट्रान्समिसन लाइनका निर्माण गर्ने ठेकेदारहरुले पैसा माग्दा दिन नसकेको तर नाफ देखाउने काम भएकाले अन्तर्राष्ट्रिय स्तरको त्यसको पूरा अडिट गर्ने निर्णय समितिले गरेको बताए ।

अडिट भएअनुसार जस्ताको त्यस्तै बाहिर ल्याउने भन्दा कार्यान्वयन गर्न कुलमानले नमानेको आरोप लगाए ।

त्यसकारणले पनि एमडी परिवर्तन हुने बित्तिकै श्वेतपत्र जारी गर्न लगाइएको बताए । प्राधिकरणका कमजोरीहरुको अझ बढी छानविन गर्नेगरी सरकार अघि बढेको बताए ।

मन्त्री खड्काले दायित्व घटाएपछि पो नाफा र घाटा आउने उल्लेख गरेका छन् ।

Comment


Related News

Latest News

Trending News