
साथीहरुसंग आँपको बगँैचामा रमाइ रहेको बेला एउटा प्रश्न साँझा हुन्थ्यिो– ल भन् त फलहरुका राजा आँप हो भने आँपको राजा को हो ? अधिकांशको जवाफ हुन्थ्यो– मालदह । अलि वयस्क उमेरकाहरु भन्थे– बिज्जु । कोही कोही भन्थे– गुलाबखास ।
मिथिलाञ्चलमा आँपका दुई प्रजाति पाइन्छन्– कलमी र बिज्जु । मालदह, बम्बै, कलकतिया, कृष्णभोग, आम्रपाली, मल्लिका, दशहरी, गुलावखास, जर्दालु, फैजली, सपेता, चौसा, निलम, चौरिया, केरबा, रोहिणी आदि छिटो पाक्ने अनि ठुला दाना भएका व्यावसायिक प्रजातिका आँप कलमी हुन् । यसको बिरुवा कलमी गरेर अर्थात् वैज्ञानिक विधिबाट उत्पादन गरिन्छ ।
आँपको गेडा (स्थानीयभाषामा आँठी) रोपेपछि उर्मेको स्थानीय प्रजातिलाई बिज्जु भनिन्छ । यस प्रजातिका आँपहरुका रुख ठुला हुन्छन् । जसको प्रयोग काठ र दाउराको रुपमा गरिन्छ । रुख ठुलो हुने हुँदा उत्पादन पनि बढि हुन्छ । यसका दाना साना तर रसालु र सुस्वादु हुन्छन् । स्वास्थ्यको लागि पनि उत्तम मानिन्छ । यसैकारण पाका उमेरका पारखिहरु बिज्जु बढी मन पराउँछन् । बिज्जु प्रजातिको नामकरण यसको आकार र स्वादको हिसाबले फरक फरक हुन्छ ।
जस्तै :लडुवा, चिनिया, बरबरिया, निमुवा, भेंम्हा आदि । आँपको जिवनचक्रबारे मैथिलीमा एउटा लोकोक्ति छ– ‘माघ गुजरे, फागुन मजरे, चैत लिए टिकोला । वैशाखमे कोषाआ जेठ– अखारमे भकोसा ।’ अर्थात् माघमा आँपको रुखमा टुसा पलाउँछ । फागुनमामज्जरि (फूल) लाग्छ । चैतमा सानागिर्का(टिकोला) हुन्छ । वैशाखमा कोषा लाग्छ अनि जेठ– असारमा खान योग्य हुन्छ । रोहिनी जातिको आँप रोहिणी नक्षत्र अर्थात जेठको शुरुमै पाक्न थाल्छ । त्यसपछि बम्बै, फजिली, सिपिया, दशहरी, कृष्णभोग, गुलावखास आदिपाक्न शुरु हुन्छ ।
मालदह, कलकतिया, केरवा आदि जातिका आँप जेठ असारमा पाक्छन् भने भदैया र भेंम्हा आदि जातिका आँप असारपछि तयार हुन्छन् । तर अचेल जनकपुरधामको बाजारमा पाकेको आँप जेठ पहिलो सातादेखि नै बिक्री हुन थालेको छ । हानिकारक केमिकलको प्रयोग गरी पकाएको यस्ता आँप स्वास्थ्यको लागि हानिकारक हो । दुर्भाग्य स्थानीय सरकार र प्रशासन यस्ता विषयलाई वास्तै गर्दैन । मञ्जरी पलाए पछि माघ–फागुनदेखि शुरु हुने आँपको जिवनचक्र भदौँमा सम्पन्न हुन्छ ।
यस ६ महिनालाई आँपको सिजन भनिन्छ । कारण यहाँपाकेको आँप मात्र खाने चलन छैन । आँपको मज्जरीको चटनी र टिकोलाको कुच्चा बनाएर खाइन्छ । दाना अलि ठुला भएपछि कसौजी, खटाई र अँचार बनाएर वर्ष भरि खान्छन् । आँपको खटमिठी (आँपमाचिनीवा सख्खर मिसाएर बनाइएको परिकार) मानिसहरु स्वादलिएर खान्छन् । पाकेको आँपबाट पनि अनेकाँै परिकार बनाइन्छ । जसमा आमरस र अमौट (आँपको रस सुकाएर बनाउँने परिकार) प्रमुख हो ।
श्रावण–भदाँैमा बनाइएको अमौट वर्षभरि प्रयोग हुन्छ । मिथिलाञ्चलको प्रमुख पर्व िज ित य ा म ा अनिवार्यरुपमा अमौट खाने चलन छ । अमौट, कसौजी, खटाइ र अँचारको प्रयोग वर्षभरि हुने भएको र छिटो नबिग्रिने भएकाले यी परिकारहरु बिक्री गरेर किसानहरु राम्रो आम्दानी पनि गर्छन् । आँप व्यवसायिक रुख मात्र होइन मिथिलाञ्चलमायसको धार्मिक र सांस्कृतिक महत्व पनि त्यतिकै छ । मिथिलाञ्चलमा जन्मदेखि मृत्यु पर्यन्त आँपको प्रयोग हुन्छ ।
यसको पात र पल्लवको प्रयोग शुभकार्यमा कलश राख्ने गरिन्छ । सुकेको काठ हवन र यज्ञादिमा प्रयोग हुन्छ । शव जलाउन आँपको काठलाई उत्तम मानिन्छ । मिथिलाञ्चलमा बेहुला–बेहुलीको विवाह अघि आँप र महुवाको विवाह गराउने चलन छ । जसलाई मैथिली भाषामा आम–महु विवाह भनिन्छ । वनस्पतिको वैज्ञानिक वर्गीकरण अनुसार आँप ऐनाकार्डियेसी कूलको रुख हो ।
जो नेपाल, भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, फिलीपिन्सआदि देशहरुमा पाइन्छ । आँप एउटा फल मात्र होइन, यो मिथिला संस्कृतिको प्रतीक पनि हो । यसको प्रयोग जन्मदेखि मृत्युसम्म हुन्छ । पुरानमा वर्णन भए अनुसार शिव पार्वतीको विवाह आँप रुखको छाहरीमा भएको थियो । यो रुख स्वर्गको बगैँचाबाट नारदमुनिले धरतीमा ल्याएका थिए ।
शास्त्रमा वर्णन भएका पञ्चपुष्प अर्थात पाँच फूलमध्ये चम्पा, शमी, कमल, कनेरसंगै आँप पनि एक हो । मिथिलाञ्चलमा आँपको बगैँचा नहुने किसान र गाउँ बिरलै होला । मिथिलाञ्चलमा आँपको बगैँचा, पोखरी र इनार (कुंवा) आदि भएको परिवारलाई प्रतिष्ठित मानिन्छन् । पहिले पोखरी, इनार र बगैँचा नभएको परिवारमा अभिभावकहरु केटी दिन समेत मान्दैन्थे । आँपको व्यवसायिक खेती हुन थालेपछि, आँप खेती हुने क्षेत्रफलमा निरन्तर वृद्धि भएको छ ।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार, धनुषामा अचेल ४ हजार हेक्टरमा आँपको खेती हुन्छ । तीमध्ये २ हजार ३ सय हेक्टरमा आँप उत्पादन हुन्छ । आँप खेती र बिक्री वितरणमा झण्डै १० हजार किसान र व्यापारी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको दाबी गरिएको छ ।
आँप उत्पादनको समस्या– अल्टरनेट वियरिङ
आँप उत्पादनको प्रमुख समस्या अल्टरनेट वियरिङ हो । कृषिविद्हरु एक वर्ष बिराएर बाली लाग्ने प्रवृतिलाई अल्टरनेट वियरिङ भन्छन् । बागवानी विज्ञहरुका अनुसार– यस भेगमा लगाइएका अधिकांश पुराना जातिका आँप एक वर्ष बिराएर फल्ने (अल्टरनेट वियरिङ) फल हो ।
यस भेगका पारम्परिक बगैँचाहरुमा मालदह, कलकतिया, बम्बै, दशहरी, गुलावखास, कृष्णभोग, जर्दालु, लडुवा, चौरिया, भदैया, निमुवा, बरवरिया, चिनिया, फैजली आदि जातिका आँपको रुख अधिक लगाउछन् । तर पारम्परिक जातिका आँपका रुखहरुमा एक वर्ष बिराएर फल्ने (अल्टरनेट वियरिङ) भएकोले कृषिविद्हरु आम्रपाली, मल्लिका, दशहरी, अलफान्सो, अनवररतौल जस्ता आधुनिकजातकाआँपको रुख रोप्न सल्लाह दिन्छन् । आधुनिक जातिका आँपमा अल्टरनेटवियरिंङको समस्या कम हुन्छ ।
आँप व्यावसायिक मात्र होइन, धार्मिक तथा सांस्कृतिक फल हो । यहाँको माटो र वातावरण आँपमैत्री छ । पर्याप्त उत्पादन पनि हुन्छ । तर उत्पादन भएको वर्ष सस्तोमा बिक्री हुने अनि कम उत्पादन भएको वर्ष बाहिरबाट आयात गर्नु पर्ने अवस्था छ । आँप भण्डारण गर्ने कोल्डस्टोर नहुँदा किसानहरु सस्तोमा बिक्री गर्न बाध्य हुन्छन् । सरकारले शीत भण्डार, कृषि सडक तथा बिक्री वितरणमा सहजीकरण गर्न सके नेपाल आँप उत्पादनमा आत्मनिर्भर हुन सक्छ । विदेश निर्यात गरेर आम्दानी पनि कमाउन सक्छ ।