
राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले धार्मिक तथा जनजागरण अभियान आरम्भ गरेको छ ।
शनिबार काठमाडौंको जमल क्षेत्रबाट समितिले धार्मिक तथा जनजागरण अभियान आरम्भ गरेको हो । कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत नेताहरु सहभागी भएका थिए ।
अभियानका क्रममा संवैधानिक राजसंस्था र सनातन हिन्दुराज्य सहितको बहुदलीय प्रजातन्त्र कायम गर्नेसहितको जनआन्दोलनको लक्ष्यकाबारे जनतासंग साक्षात्कार गरिने संयुक्त जनआन्दोलन समितिले जनाएको छ ।
जेठ १५ गतेदेखि सुरु हुने जनआन्दोलनमा सहभागीताका लागि आह्वान सहितको धार्मिक तथा जनजागरण घरदैलो अभियान गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।