
धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आईतबार विश्व थायराइड दिवको अवसरमा अस्पतालले रक्तदान गर्नुका साथै विभिन्न चेक जाँच तथा औषधि उपचार निःशूल्क गरेको छ । निःशूल्क स्वास्थ्य शिविरमा TSH, RBS, FBS र Blood Sugar परीक्षणमा १०० प्रतिसत छुट गरिएको छ भने मा USG ५० प्रतिसत छुट गरिएको अस्पतालका डा.अजय कुमार मिश्रले जानकारी दिए । उनले मधेश प्रदेशका विभिन्न जिल्लाहरुबाट थायराइडका विरामी चेकजाँच गराउन यहाँ आउने गरेकोले उनीहरुको सुविधाका लागि आज एक दिने निःशूल्क थायरोइड चेकजाँच शिविर गरेको बताए । उनले यो रोग कुनै निको हुने रोग नभएतापनि यसलाई कन्ट्रोल गर्न सकिने जानकारी दिए । उनले नियमित खानपान र औषधि व्यायाम गरेमा यो रोग कन्ट्रोलमा रहने बताए ।

थायराइडलाई समयमै नियन्त्रण गर्न नसके विरामीको ज्यान पनि जान सक्ने मेडिकल डिपार्टमेन्टका प्रमुख एवम भाईस प्रिन्सिपल प्रा.डा. रामनारायण मन्डलले बताए । उनले थायराइडको लेभल पक्ता लगाएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्न सम्पूर्ण थायराइडका विरामीहरुलाई सुझाव दिए ।
निःशूल्क स्वास्थ्य शिविरमा थायराइड जाँच गराउन आएका विरामीहरुले अस्पतालको सेवा सुविधा देखेर खुसी व्यक्त गरेका थिए ।