२०८२ जेष्ठ १३, मंगलवार ११:१७

काठमाडौंमा १२ किलो चाँदीसहित एक जना पक्राउ परेका छन्।

चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा चेकप्वाईन्टबाट १२ किलो १७६ ग्राम चाँदीसहित सोमबार राति एक जना पक्राउ परेका हुन्।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले पर्सा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.प्र ०१-००३ ख ३७०१ नंको बसका सहचालक ३२ वर्षीय अनिशकुमार सिंहलाई पक्राउ गरेको हो।

उनी बारा कलैया उपमहानगरपालिका-४ का स्थानीय हुन्।

उनले बसमा लुकाएर सिक्री, चन्द्रमा, पाउजुलगायतका सामान ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनीबाट बरामद भएको चाँदीका बिल फेला परेको थिएन।

उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Comment

Related News

Latest News

Trending News