२०८२ जेष्ठ १३, मंगलवार १७:४४

अर्थमन्त्री विष्णु पौडेलले आज (मंगलबार) आर्थिक सर्वेक्षण पेस गर्न नपाउने भएका छन्।

विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम प्रभावित भएको हो।



सरकारले हरेक वर्ष बजेटको अगाडि आर्थिक सर्वेक्षण प्रस्तुत गर्छ। त्यसअघि अर्थमन्त्रीले संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने गर्छन्। तर आज पटक पटकको अवरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित भएको हो।

योसँगै अर्थमन्त्री पौडेलले मंगलबार संसदमा पेस गर्ने आर्थिक सर्वेक्षणको कार्यतालिका प्रभावित भएको हो।

अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले आर्थिक सर्वेक्षण संसदमै पेस गर्नुपर्ने व्यवस्था रहेको बताए। संसद्मा पेस भएपछि मात्रै सार्वजनिक हुने उनको भनाइ छ।

‘आर्थिक सर्वेक्षण संसदमा पेस भएपछि मात्रै सार्वजनिक हुन्छ’, भण्डारीले भने।

Comment


Related News

Latest News

Trending News