२०८२ जेष्ठ १४, बुधबार ०७:५७

जनकपुरधाममा मधेश प्रदेश सरकारविरुद्ध सहिद परिवारका सदस्यहरुले नाराबाजी गर्नुका साथै विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न माग राख्दै सोमबारदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रेका मधेश प्रदेशका ८ वटै जिल्लाका सहिद परिवारका सदस्यहरुले मंगलबार प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै जुलुस निकालेका छन् ।

जनकपुरधामको मुख्य चोकहरुको परिक्रमा गर्दै जनक चोकमा कोन सभा गरेका छन् । उनहरुले मधेशी सहिद प्रतिष्ठानमा अविलम्ब सदस्य नियुक्त गर्नुपर्ने, सहिद परिवारका सदस्यहरुका लागि प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य विमा लागु गर्नु पर्ने, एक परिवार एक रोजगारी दिनु पर्ने र सहिद परिवारका छोरा छोरीहरुलाई शिक्षामा छात्रवृति दिनु पर्ने माग राखेका छन् ।

विगतमा आफ्ना समस्याहरु सुनाउन पटक पटक गृहमन्त्री राज कुमार लेखी र मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेट्न जाँदा उहाँहरुले घण्टौं बसाएर आश्वासन बाहेक अरु केही नदिएको शहिद चन्दन पटेलका पिता अवदेश पटेलले आरोप लगाएका छन् । उनले सहिद परिवारलाई अहिलेको जनमत नेतृत्वको सरकारले कुनै वास्ता नगरेको गुनासो गरेका छन् ।

मधेश सरकारले आफूहरुको माग पूरा नगरे जिल्ला मुख्यमन्त्रीदेखि अन्य मन्त्री र नेताहरुलाई जिल्ला प्रवेश गर्न नदिने उनले चेतावनी दिए । पटेलले शान्तिपूर्ण आन्दोलनले सरकार नजागे आमरण अन्सनमा बस्ने चेतावनी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News