
जनकपुरधाममा प्रधानाध्यापक संघ नेपाल मधेसको प्रादेशिक भेला जनकपुरधाममा हुने भएको छ ।
जेठ १७ गते हुने प्रधानाध्यापक संघ नेपाल मधेसको प्रादेशिक भेलामा प्रदेशभरीबाट २ सय ५० बढी प्रधानाध्यापकहरुको सहभागिता रह्ने । भेलामा ८ वटै जिल्लाबाट कम्तीमा २५ जनाको दरले प्रधानाध्यापकहरुको सहभागिता रह्ने याज्ञवल्क्य संस्कृत विद्यालय जनकपुरधामका प्रधानाध्यापक संजय झाले जानकारी दिए ।
उनले भेलामा सामुदायिक विद्यालयसंग सम्वद्ध रहेका व्यक्तित्वहरुलाई सम्मानित गरिने समेत बताए । एक दिने सो भेलामा विद्यालयका कार्यालय सहयोगी, विद्यालय कर्मचारी, विभिन्न तहका शिक्षकहरु, प्रधानाध्यापकहरुलाई सम्मानित गरिने छ । यसका साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी तथा विभिन्न पालिकाका जनप्रतिनिधिहरुलाई समेत सम्मानित गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
प्रधानाध्यापक संघको राष्ट्रिय भेला यही जेठ २४ तथा २५ गते गर्ने तयारी गरिएको उनले बताए ।