२०८२ जेष्ठ १५, बिहीबार १६:३८

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादीत बनाउदै साइबर सुरक्षा जोखिम न्यूनिकरण गर्न पूर्वाधार बनाउने निर्माण गर्ने घोषणा गरेको छ ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले साइबर जोखिम न्यूनिकरण गर्न त्रैमासिक रुपमा अड्भाइजरी जारी गर्ने बताउनुभयो । उहाले देशभर फोरजी सेवालाई देशभर सञ्चालन गर्ने र काठमाडौं सहित ठुला शहरमा फाइभजी सेवा सुरु गरिने वानकारी दिनुभयो । त्यस्तै काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गर्ने, मध्य पहाडी लोकमार्गसँग जोडिएको क्षेत्रमा नयाँ डाटा सेन्टर निर्माण गर्ने उहाले बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सरकारले ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री पौडेलले शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको जानकारी दिनुभयो । उहाले बिद्यालय शिक्षाको सुधारका लागि आवश्यक योजना ल्याइने र शिक्षक र विद्यार्थी संख्याको अनुपातमा विद्यालय गाभ्ने उल्लेख गर्नुभयो । विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने र कुनै पनि शिक्षकको अभाव हुन नदिने उहाले बताउनुभयो ।

त्यस्तै अर्थमन्त्री पौडेलले स्वास्थ बीमाका लागि आगामी आर्थिक वर्षका लागि १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । निरोगी नेपाल स्वास्थ्य नेपाली कार्यक्रमको घोषणा गर्दै उहाले हरेक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयका लागि सरकारले ९५ अर्व ८१ करोड बिनियोजन गरिएको उहाले बताउनुभयो ।

त्यस्तै पौडेलले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News