
टिभिएसको बन्द रहेको १२५ सिसिको स्ट्राईकर मोटर साईल पुनः बजारमा आएको छ ।
पुनः बजारमा आएसंगै जनकपुरधामको भ्रमुपुरा चोकस्थित टिभिएस मोटरसाईकलको आधिकारी बिक्रेता आर्यन अटो मोबाईल्सले सोरुममा बिहीबारदेखि सो मोडल उपलब्ध भएको जानकारी गराएको छ । करिव १९ महिनासम्म बन्द रहेको सो कम्पनीको मोटरसाईकलमा थप फिचरहरु आएको छ । यसमा मोवाईलको चार्ज गर्ने ठाउँ पनि रहेको छ । यति मात्र नभएर स्वीचवाट मोटरसाईकलको अवस्थाका बारेमा सजिलै थाहा पाउने सक्ने किसिमको फिचर पनि समावेश रहेको छ ।

एक लिटर पेट्रोलमा ५५ देखि ६० किलोमिटर गुड्न सक्नेछ । कम्पनीले यसको ईन्जिनको आजिवन नै ज्ञारेन्टी गरेको छ । आर एन मोटर्सका प्रोपराईटर रामवालक महतो संजिवले आम ग्राहकको माग तथा चाहनाको आधारमा मोटरसाईकल पुनः बजारमा ल्याउने काम भएको जानकारी दिनु भयो ।
यस मोटरसाईकलको पार्टस तथा सर्भिज सहज रहेको छ । मासिक रुपमा यसको सेल नेपालमा ५ सयको संख्यामा हुने गरेको छ । माटरसाईकलको शुभारम्भ कार्यक्रममा रिजनल म्यानेजर सुरेन्द्र महतो, सुनिल महतो, ३ प्रदेशका रिजनल सर्भिस म्यानेजर केशव झा सहितका व्यक्तिहरु उपस्थिती रहेको थियो ।