२०८२ जेष्ठ १६, शुक्रबार ०५:१५

गणतन्त्रको दिवसको अवसर पारेर मधेश केन्द्रित राजनीतिक गर्दै आएका साना दलहरु मिलेर औपचारिक रुपमा ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन् ।

जनकपुरधाममा बिहीबार संघीय गणतान्त्रिक गठबन्धन घोषणा समारोहको आयोजना गर्दै मधेश केन्द्रित पाँच साना दलहरुले गठबन्धन घोषणा गरेका छन् । सो गठबन्धनमा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी रहेको छ ।

सो घोषणा समारोहमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वगृहराज्यमन्त्री अन्सारीले गणतन्त्रको नाममा सक्ताको खेल मात्र भइरहेको भन्दै वास्ताविक गणतन्त्रको स्थापना र रक्षा गर्न गठबन्धन बनाएको दाबी गरे । उनले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप लगाए । कथित मधेशका मसिहा कहलाउनेहरुले शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने गरेको भन्दै आक्रोश पोखे । उनले दलाल पुँजीपति, भ्रष्ट नेता रकर्मचारीहरुका कारण देशमा गणतन्त्रको अवस्था निकै खराब रहेको बताए । अध्यक्ष अन्सारीले जनताको गणतन्त्र निर्माण र स्थापना गर्नका लागि आफूहरुले गठबन्धन गरेको जानकारी दिए । उनले देशमा जस्को भोट त्यसकै राज हुने गरी वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफूहरुको गठबन्धन जनताको लागि र मधेशको अधिकार सुनिश्चित गर्नका लागि आवश्यकता अनुसारको गठबन्धन गरिएको बताए ।

त्यस्तै नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले केही स्थापित मधेशवादी दलहरूले मधेशको नाममा राजनीति गरेर सत्तामा पुगेपछि मधेशलाई नै छाडेको आरोप लगाए । नेपाल जनजागृति पार्टीका अध्यक्ष ध्रुवलाल प्रसाद सहनी, बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन अम्बेडकर र ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रिनारायण ठाकुरले गरीब, दलित, मुस्लिम र पिछडिएको समुदायका मतदातालाई चेतनशील बन्न अपील गरे ।

सो कार्यक्रममा बोल्दै गठबन्धनमा आवद्ध नेताहरूले गणतन्त्र र संघीयताले नै पछाडि पारिएका वर्गलाई आफ्नो हकका लागि आवाज उठाउने अवसर दिएको बताए । उनीहरूले यी प्रणालीलाई थप सुदृढ र जनमुखी बनाउन लाग्ने बताए ।

सो कार्यक्रममा मधेश प्रदेशका आठै जिल्लाबाट दलित, मुस्लिम, महिला, युवा तथा पिछडिएको समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News