२०८२ जेष्ठ १६, शुक्रबार १२:१८

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको इलिमिनेटरमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दै छन् ।

न्यू चण्डिगढमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।



इलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा अर्थात फाइनल प्रवेशका लागि  पन्जाब किङ्ग्ससँग खेल्नेछ । यो खेलको विजेताले रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग उपाधिका लागि खेल्नेछ ।

यसअघि हिजोको पहिलो क्वालिफायरमा पन्जाबलाई हराएर बेङ्गलुरु आईपीएलको फाइनलमा पुगेको थियो । फाइनल खेल जुन ३ तारिखमा  हुनेछ ।

Comment


Related News

Latest News

Trending News