२०८२ जेष्ठ १६, शुक्रबार १३:०७

प्रविधि अब काम वा अनुसन्धानमा मात्र सीमित रहेन, मनोरञ्जनको संसारमा पनि नयाँ नयाँ प्रयोग भइरहेका छन् ।

यसपटक चीनले एउटा यस्तो काम गरेको छ, जसले विश्वको ध्यान तानेको छ । पहिलो पटक रोबोटहरूबीच बक्सिङ म्याच आयोजना गरिएको छ र त्यो पनि वास्तविक झगडा जस्तै लाग्ने गरी ।



युनिटी कम्पनीले चीनको हाङ्जाओ सहरमा रहेको आफ्नो नयाँ कारखाना क्याम्पसमा यो अनौठो प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको नाम ‘युनिटी आइरन फिस्ट किंगः अवेकनिङ’ थियो, जसमा चार फरक फरक नामका रोबोट आमने सामने भएका थिए ।

यी रोबोटहरू पूर्णतया स्वचालित थिएनन्, बरु तिनीहरू रिमोट मार्फत मानिसद्वारा नियन्त्रित थिए। यस म्याटको समयमा वास्तविक मुक्का र किक जस्ता चालहरू हरेक फाइटमा देख्न सकिएको थियो । प्रतियोगितामा एआई स्ट्राटेजिष्ट, सिल्क आर्टिसन, आर्मर्ड मुलान र इनर्जी गार्डियन सहभागी चार रोबोटहरू मैदानमा उत्रेका थिए ।

Comment


Related News