
नेपालको आफ्नो दुई सेट डेमु रेल सञ्चालनमा आएको करिब चार वर्षपछि मर्मतका लागि भारत लगिने भएको छ ।
नेपाली रेल्वे मर्मतमा गएपछि त्यस अवधिमा भारतले रेल्वेको एक सेट नेपाल पठाइसकेको जनाइएको छ । आइतबार मर्मतका लागि नेपालका दुबै सेट नेपाल रेल्वे भारतको उत्तर प्रदेशस्थित लखनउ पठाइने भएको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन झाले दिएको जानकारी अनुसार दुबै सेट रेलको लखनउमा पिरोडिकल ओभरहलिङपीओएच) मर्मत हुने भएकोछ । नेपाल रेल्वे कम्पनीका निमित्त प्रशासकीय अधिकृत तुला डाँगीले लखनउमा नेपाली रेलको चक्का, इन्जिन, बोगी, सिट लगायतका सबै भागको मर्मत गरिने जानकारी दिए । नेपाली रेलको एसी बोगीको केही सिट च्यातिएको र टुटफुट भएको छ ।
मर्मतसम्भार भएर आएपछि यी सबै समस्या हट्ने उनले बताए । भारतले शुरुमा लखनउसम्म प्रयोग गर्ने रेल रुटको पैसा दाबी गरे पनि पछि रेल्वे रुट, मर्मतसम्भार र मर्मत अवधिमा सञ्चालनका लागि पठाएको एक सेट रेलको पनि पैसा नलाग्ने उनले बताए । प्रबन्ध झाले सूचना जारी गरी मर्मतसम्भारको अवधिमा नेपालमा चल्ने भारतीय रेलमा एसी बोगी नरहेको बताए ।
मर्मतसम्भारको अवधिमा नेपालमा सञ्चालनका लागि भारतले आईसीएफ मोडलको सकुरवस्ती रेल बिहीबार नै धनुषाको इनर्वामा पठाइसकेको कम्पनीका निमित्त प्रशासकीय अधिकृत डाँगीले बताए । उनले भारतले पठाएको रेल सिंगल इञ्जिनसहित ६ जनरल बोगी भएको बताए ।