
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।
निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको हो। निगमका अनुसार, भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ०९ पैसाले बढेर आएको छ ।
नयाँ मूल्यअनुसार अब काठमाण्डु, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ।यसैगरी, निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँले घटेर नयाँ बिक्री मूल्य ११८ रुपैयाँ कायम भएको छ।खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।