
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एक राजा फालेर आएको अनेकन राजा जनताका लागि घातक सावित भएको बताएका छन् ।
जनकपुरधाममा शनिबार आजपाद्वारा आयोजित ‘ वर्तमान व्यवस्था दलतन्त्र हो कि गणतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका नेता साहले जनता राजा बन्नुपर्ने व्यवस्थाका पक्षमा आफूहरु लागेको बताए । प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष साहले तीनवटा बाटो छ, एक शाही राजा पुनः ल्याउने, दोस्रो अहिलेका दलका राजाहरुलाई यसरी नै झेल्ने र तेस्रो तथा हाम्रो अभियान जनतालाई राजा बनाउने भने । उनले अघि थप्दैँ भने, ‘मधेशका जनतालाई बन, नदी, बालुवा, गिट्टी कुनै पनि स्रोतमा अधिकार दिइएको छैन, सबै तिनै दलका मतियारहरु ठेक्का लिएर खाने गरेका छन् र हिस्सा तिनलाई पनि पठाउने गरेका छन् ।’ अ
ध्यक्ष साहले नारायणहिटी जस्तै सिंहदरबार पनि छोडन अहिलेका राजाहरुलाई चेतावनी दिइसकिएको बताउदै सिंहदरबारबाट लखेटने परिस्थितिको श्रृजना हुन सक्ने बताए । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतकासंग राजनीतिक टक्कर लिएर पनि आफू जितेर यहाँसम्म आएको बताउँदै अध्यक्ष साहले गर्नेलाई जनताले विश्वास गर्नुपर्ने बताए ।