२०८२ जेष्ठ १८, आईतवार १७:२१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आइबार नारायण चौरबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई रिहा नगरे सोमबारदेखि काठमाडौं उपत्यका ठप्प पार्ने चेतावनी दिएका छन्।

नारायण चौरमा राजसंस्था पुनर्स्थापना मागसहित भएको प्रदर्शनका क्रममा प्रहरीले धरपकड गरेर अध्यक्ष थापालाई लगेपछि लिङ्देनले त्यहीँ सम्बोधनका क्रममा यसो भनेका हुन् ।

‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगरे भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ। हामी देशभरबाट साथीभाइ बोलाएर खास लडाइँ भोलिबाट सुरु गर्छौँ’, उनले भने ।

लिङ्देनले अब राजावादीहरू उपत्याकको एक ठाउँबाट नभई अनेकौँ ठाउँबाट जुलुससहित निस्किने बताउँदै सरकारलाई रोकेर देखाउन चुनौती दिएका छन् ।

राप्रपा, राप्रपा नेपालसहित राजावादी दलहरू र अन्य संगठनहरू मिलेर राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित जेठ १५ बाट नयाँ चरणको आन्दोलन थालेका छन् । राजावादीहरूले यो आन्दोलन निर्णायक हुने जिकिर गरेका छन् ।

आइतबार प्रदर्शनकारीहरू नक्साल र बालुवाटार क्षेत्रमा पुगे । तर त्यहाँ निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले बल प्रयोग गरेको छ ।

अध्यक्ष थापा प्रदर्शनकारीलाई लिएर निषेधित क्षेत्र तोकिएको बालुवाटारतर्फ अघि बढ्न थालेपछि पक्राउ गरिएको हो ।

Comment


Related News

Latest News

Trending News