२०८२ जेष्ठ १९, सोमबार ०७:५५

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको ६४ वटा सडकको आइतबार एकै पटक डिजिटल शिलान्यास गरेका छन् ।

मधेश प्रदेशको ‘एक निर्वाचन क्षेत्र –एक सडक ’ अन्तरगतको ६४ प्रादेशिक सडकको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले रकेटको गतिमा विकास गर्नुपर्ने बताए । ‘प्रविधि र एआईको युगमा विकासमा ढिलासुस्ती गर्न हुँदैन’ उनले भने, विकासमा ढिलाई भ्रष्टाचारको भन्दा पनि खतरनाक छ । सुशासन र विकासमा जोड दिँदै उनले भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती भएकाले विकासका लागि वामे सराइ नभइ रकेटको शैलीमा काम गर्न आग्रह गरे । कुनै पनि परियोजनामा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भइ विकास र समृद्धिमा बाधा उत्पन्न हुने उनको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी बाग्मती नदीको सहायक नदी मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी ३१ दशमलव ०७ मेगावाटको जलविद्युत् उत्पादनबाट औद्योगिक विकासमा टेवा पु¥याइनेछ । त्यसले मधेसका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइने छ । ४९ अर्ब ४२ करोडको सो आयोजनाको हेड वक्र्समा गत वर्षको बाढी–पहिरोबाट सामान्य क्षति हुँदा केही समय काम प्रभावित भएको थियो । उनले चुरे संरक्षण, कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, शिक्षा–स्वास्थ्यमा विशेष ध्यान, छोरी पढाऔँ अभियानजस्ता कामलाई गुणस्तर कायम गर्दै प्राथमिकता दिन आग्रह गरे । मधेश प्रदेशको ‘एक निर्वाचन क्षेत्र –एक सडक निर्माण’को कार्यक्रम प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले ल्याएको थियो ।

हरेक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माणको कार्य प्रारम्भ भएपनि अधिकांश सडक अझै पूरा हुन सकेको छैन । प्रधानमन्त्री ओलीले जोड दिएका कार्यक्रम ‘बेटी पढाआँै, बेटी बचाऔँ’ कार्यक्रम अलपत्र परेको छ । प्रदेश सरकारले त्यो कार्यक्रमका लागि मालपोत कार्यालयहरुबाट सयकडा पचास पैसा उठाइरहे पनि कार्यक्रमलाई निरन्तरता दिएको छैन । हुन त तत्कालीन सरकारले महत्वाकांक्षी योजनाको रुपमा ‘बेटी पढाऔँ–बेटी बचाऔँ’ र पोखरी सौन्दर्यीकरण कार्यक्रमको फाइलहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ ।

उनले सुशासनका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिँदै राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्ने जो कोहीलाई कारबाही हुने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले ऐतिहासिक र पवित्र भूमिका रूपमा रहेको मधेस प्रदेशको विकासका लागि केन्द्र सरकार दृढ रहेको बताउँदै जनकपुरको रेल सेवामा घाटा अन्त्य आफ्नै दक्ष जनशक्तिको विकास गरिने बताए । मधेश प्रदेशमा निर्माणाधीन क्रिकेट रंगशाला सम्पन्न गर्नसमेत सरकारले योजना बनाइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको विभिन्न योजना र कार्यक्रमको चर्चा गरे पनि संघीय सरकारको बजेटमा त्यो कार्यक्रमको चर्चा समेत गरिएको छैन् ।रामजानकी रंगशालाको संघीय बजेटमा चर्चा समेत गरिएको छैन । सडक निर्माणमा १ हजार २ सय ७० करोडको स्रोत सुनिश्चित गरी टेण्डर समेत भइसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गरी जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत ३ वर्षमा ६४ वटै कालोपत्रे सडकको निर्माण पूरा गर्ने मन्त्रालयले दाबी गरेको छ ।

तर प्रदेशमा सरकार परिवर्तन भए योजना अलपत्र पर्ने आशंकापनि व्यापक गरिएको छ । समयमै सबै सडकको निर्माण पूरा भए ३ वर्षमा ३ सय २० किलोमिटर कालोपत्रे सडक मधेश प्रदेशको सडक सञ्जालमा थपिने छ । प्रधानमन्त्री ओलीले डिजिटल शिलान्यास गरेका सडकको सांसदहरुले आ–आफ्ना क्षेत्रमा भूमि पुजन गरी निर्माणको शुभारम्भ गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीको शिलान्यास गर्ने कार्यक्रम बहिष्कार गरेका सांसदहरुले आफ्नो क्षेत्रमा भूमि पुजन गरी कार्यक्रम अगाडि बढाउने जनाएका छन् । सत्ताको नेतृत्व गरिरहेको जनमत पार्टी, जनता समाजवादी पार्टी(जसपा)नेपाल, नेकपा माओवादी, नेकपा एस लगायतले प्रधानमन्त्री ओलीको शिलान्यास कार्यक्रम बहिष्कार गरेका थिए ।

उनीहरुले घोषित रुपमा नै कार्यक्रम बहिष्कार गरे पनि नेपाली कांग्रेसले सहभागिता जनाएको थियो । प्रधानमन्त्रीबाट शिलान्यास गराउन नहुनेमा कांग्रेस संसदीय दलका नेता कृष्णा यादव पनि थिए । तर उनी पछि पल्टिएर कार्यक्रममा सहभागिता जनाए ।

Comment


Related News

Latest News

Trending News