२०८२ जेष्ठ १९, सोमबार ११:१९

मनसुनी प्रणाली अबको केही दिन कोशी प्रदेशबाट अघि नबढ्ने सङ्केत देखिएको मौसमविदले बताएका छन् । एक हप्तासम्म वर्षा कम र गर्मी धेरै हुने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

कोशी प्रदेशमा मनसुनी वायु तथा अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ । तर बाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

नेपाल आइपुग्ने सरदर मितिभन्दा १५ दिनअघि नै गएको बिहीवार कोशी प्रदेशबाट मनुसन भित्रिएको थियो । मनसुनको शुरुवातमै कोशी प्रदेशमा ठूलो पानी पर्दा सडक, जलविद्युत लगायतका संरचनामा क्षति पुगेको थियो ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै ठाउँहरूमा र बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको उच्चपहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

Comment


Related News

Latest News

Trending News